१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राहुल महरालाई ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

१३ भदौ, काठमाडौं । सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई जिल्ला अदालत, काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विद्युतिय चुरोटमार्फत भएको करिव ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई बुधबार पक्राउ गरेको थियो । उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १८:१३