सिराहामा बसेको एमाले सचिवालय बैठकका यस्ता छन् निर्णय
१३ भदाै, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालय विशेष बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा १३ भदौ २०८० मा सिराहाको धनगढीमाई नगरपालिका-४, सर्रे अम्बासमा बसेको बैठकले महत्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्तावहरु सहित विशेष प्रस्ताव पारित गरेको छ।
सचिवालय विशेष बैठक सिराहाको अम्बास क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय जनतासँग मिलेर पूर्वाधारका काम गर्ने भएको छ। नेकपा एमालेको चौथो राष्ट्रिय महाधिवेशनले नेता मदन भण्डारीलाई महासचिव चयन गरेको स्थानमा बुधवार बसेको सचिवालय बैठकले मदन भण्डारीले गरेको योगदानको गर्व गर्दै उच्च मूल्याङ्कन समेत गरेको छ।
हेर्नुहोस् विज्ञप्ति :
प्रकाशित मिति : August 30, 2023 at 6:00 pm










