एमसिसीमा १२ बुँदे व्याख्यात्मक टिप्पणी झुटको खेस्रा होः अध्यक्ष ओली
१३ भदाै, विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे प्रतिनिधि सभाले पारित गरेको १२ बुँदे व्याख्यात्मक टिप्पणी झुटको खेस्राे भएको बताएका छन्।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले तत्कालीन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने बताए ।
‘१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो । झुटको खेस्रो उहाँहरु (सत्तापक्ष)ले जनतालाई दिएको धोका हो,’ ओलीले भने, ‘संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो । त्यसलाई एमसीसीले मान्दैन ।’ एमसीसी नेपालको संसदले अनुमोदन गरेको हुनाले कार्यान्वयनमा जाने अध्यक्ष ओलीको भनाइ छ ।
‘संसदबाट अनुमोदन भइसकेको कुरा कार्यान्वयनमा जान्छ,’ उनले भने, ‘एमसीसी पास गर्नु उपयुक्त हो कि हैन भनेर त्यतिबेलै सोच्नुपर्ने थियो ।’
प्रकाशित मिति : August 30, 2023 at 1:42 pm










