१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृश्य रिसोर्टमा विशेष छुट

१२ भदाै, काठमाडाैं । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृश्य रिसोर्ट धुलिखेलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। योसँगै बैंकका सम्पूर्ण ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताका साथै कर्मचारी तथा तिनका पारिवारिक सदस्यले समेत उक्त रिसोर्टमा विशेष छुटको लाभ लिन सक्नेछन्।

सम्झौता हस्ताक्षर समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य केसीको समेत उपस्थिति थियो।

स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहक छन् तथा देशैभरि छरिएर रहेका आफ्ना १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

प्रकाशित मिति : August 29, 2023 at 4:32 pm