बैकिङ कसुर मुद्दामा नुवाकोटका सन्तोष पक्राउ
१२ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
नुवाकोट जिल्लाको साविक कबिलास गाबिस–७ हाल परिवर्तित पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्दै आएका ३८ वर्षीय सन्तोष घलेलाई पक्राउ गरिएको उक्त कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार बैंकिङ कसुर मुद्दामा काठमाडाैँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका उनलाई प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धानका महाराजगञ्जस्थित प्रहरी वृत्तमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : August 29, 2023 at 12:39 pm









