१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई भैँसेपाटीमा सुविधासम्पन्न सरकारी भवन, प्रधानमन्त्रीद्धारा चाबी हस्तान्तरण

१० भदौ, ललितपुर । सरकारले ७ वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई ललितपुरको भैँसेपाटीमा सरकारी आवास हस्तान्तरण गरेको छ ।संघीय सरकारको लगानीमा बनेका सरकारी आवास आइतवार सम्बन्धित प्रदेशका प्रदेश प्रमुखलाई हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुर महानगरपालिका सैंवुस्थित सम्पर्क कार्यालय र निवास हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले कोशी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्रीको निवास अवलोकन गरेका थिए । सातवटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीले साँचो बुझेका छन् । उनीहरू काठमाडौं आएको समयमा सरकारी आवासमा बस्नेछन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १७:३३