११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

अोलीको स्वास्थ्यबारे भ्रम छर्ने पाथिभराअनलाइनका सम्पादक हरिप्रसाद मानन्धर पक्राउ

१३ कात्तिक, काठमाडाैँ । महानगरीय अपराध महाशाखाले अस्पतालमा उपचारार्थ रहनु भएका प्रधामन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका विषयमा भ्रमपूर्ण समाचार लेख्ने एक जना पत्रकारलार्इ पक्राउ गरेको छ।

‘भ्रमपूर्ण समाचार सम्प्रेषण गरी जनतामा भ्रम सिर्जनमा गरेको’ भन्दै पाथिभराअनलाइनका सम्पादक हरि प्रसाद मानन्धरलाई पक्राउ गरिएको प्रहरीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

मानन्धरलार्इ विद्युतीय अपराध तथा कसुर अन्तरगत कारबाही सुरु गरिएको बताइएको छ। स्याङ्जाको हरिनाथ गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएका मानन्धर काठमाडाैँको कागेश्वरीमनहरा नगरपालिका वडा नम्बर ८ मा बस्दै अाएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : October 30, 2018 at 11:50 pm