२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने

७ भदाै, काठमाडाैं । संसदीय समितिका सभापतिहरू छान्न भदौ ११ गते निर्वाचन हुने भएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने कार्यक्रम छ।

निर्वाचन भएसँगै संसदीय समितिहरूले नेतृत्व पाउने भएका छन्। दलहरूबीच नेपाली कांग्रेसले ४, नेकपा (एमाले) ३, नेकपा (माओवादी केन्द्र) २, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले १/१ समितिको सभापति पाउने गरी सहमति भएको छ।

सभापतिहरू निर्वाचित नहुँदा संसदका ११ समितिका बैठक अहिलेसम्म जेष्ठ सदस्यको नेतृत्वमा बसिरहेका थिए।

प्रकाशित मिति : August 24, 2023 at 2:47 pm