काठमाडौंको लैनचौरमा भएको सवारी दुर्घटनामा नुवाकोटका ३० वर्षीय प्रकाश तामाङको मृत्यु
१३ कात्तिक, काठमाडाैँ । काठमाडौँको लैनचौरमा मंगलबार बिहान मोटरसाइकल र माइक्रोबस जुध्दा एक जनाको मृत्यु भएको छ अर्का एक घाइते भएका छन् । खानी विभागस्थित सडकखण्डमा बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रो र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल आपासमा ठोक्किँदा मोटरसाइकल चालक नुवाकोटका ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

गम्भीर घाइते उनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले बताएको छ। पछाडि सवार सोह्रखुट्टै बस्ने सुरज थापा घाइते भएको छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको र माइक्रो चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत दरबारमार्गले जनाएको छ।
प्रकाशित मिति : 10:54









