८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

काठमाडाैँबाट पोखरा जाँदै गरेको बस त्रिशुली खस्यो, ८ को मृत्यु १७ जना घाइते

६ भदाै, काठमाडाैँ । काठमाडाैँबाट पोखरा जँदै गरेको बस त्रिशुली खसेको छ । प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका-२ चालीसेछहराबाट त्रिशूली नदीमा  खसेको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले अहिलेसम्म १७ जनाको जिवितै उद्धार गरेको छ ।

दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सन्तु जयसवालले दैनिकीलाई जानकारी दिए । घाइते मध्ये १३ जनाको थप उपचार गर्न काठमाडाैँ ल्याइदैछ ।

बिहान ११:१५ बजे बस नदीमा खसेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनले दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन सुरक्षा वेश आदमघाटबाट डिएसपिको कमाण्डमा १६ जना र बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डिएसपिको कमाण्डमा ८ जना गोताखोर सहित ७१ जना उद्धारमा परिचालित भएको जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १२:२२