१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

नेपाल राष्ट्र बैंकले ४ अर्बको ट्रेजरी बिल बिक्री गर्दै 

१२ कात्तिक,काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबार ४ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले कूल ९१ दिन अवधिका लागि २ अर्ब र एक वर्षका लागि २ अर्ब गरी ४ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । ट्रेजरी बिल जारी गर्न केन्द्रीय बैंकले आज एक सूचनामार्फत सोको जानकारी दिएको हो ।

बैंकका अनुसार ९१ दिने ट्रेजरी बिल आगामी माघ १५ गते परिपक्व हुनेछ । यस्तै एकवर्षे ट्रेजरी बिल भने आगामी २०७६ कात्तिक १२ गते परिपक्क हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यस्ता बिलको बिक्री गरिन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १८:४५