२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गृहमन्त्रीको राजिनामा मागेका केपी ओली र नारायणकाजी श्रेष्ठ एकै सोफामा

४ भदौ, काठमाडौँ । सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ एकै सोफामा बसेका छन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहरबारमा भएको सर्वदलीय बैठकमा सरकारविरूद्ध आन्दोलनमा रहेको प्रमुख प्रतिपक्षी दलका नेता ओलीले उपप्रधानमन्त्री श्रेष्ठसँगै एकै सोफा सेयर गरेका छन ।

नेकपा एमाले पछिल्लो समय गृहमन्त्रीको गतिबिधिसँग असन्तुष्ट देखिएको छ भने कही कतै आन्दोलन पनि गरिरहेको छ । केही पटक त एमालेले गृहमन्त्रीको राजिनामा पनि मागेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले केही दिनअघि पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मको राजिनामा मागेका थिए । कडा रूपमा संसदमा प्रस्तुत भैरहेको एमालेका नेताको यो लचकले संसद खोल्नका लागि केही सहमति हुने संकेत गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार २१:१५