८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

ललिता निवास प्रकरणः पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग सिआइबीले लियो बयान

४ साउन, काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र माधवकुमार नेपालसँग बयान लिएको छ।

आइतबार साँझ सिआइबीले उनिहरूकाे बयान लिइएको हो। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले सिआइबीलाई बयान दिएको बताए। भट्टराईले त्यतिबेला आफूलाई थाहा भएको सबै विवरण सिआइबीका अधिकारीलाई जानकारी गराएको बताए ।

सिआइबीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालकाे पनि बयान लिएकाे छ । नेपालको निवास कोटेश्वरमै पुगेर सिआइबीले उनकाे बयान लिएकाे हाे ।

ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गर्ने प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ। उक्त प्रकरणमा सर्वोच्च अदाललते पिरामिडको माथिल्लो संरचनामा रहेकाहरूलाई पनि अनुसन्धानका दायरामा ल्याउन आदेश दिइसकेको छ।

तर, सिआइबीले पूर्वप्रधानमन्त्री भट्टराई र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि बयान लिएको थिएन। गठबन्धनका नेताहरूले पूर्वप्रधानमन्त्रीलाई बोलाएर सिआइबीले बयान लिँदा गलत नजिर बस्ने तर्क गरेका थिए।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १२:२९