२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

डा अजयक्रान्ती शाक्य र पार्वती रावलसहित छ नेता एमालेको केन्द्रीय कमिटीबाट बिदा

२ भदाै, काठमाडाैँ । नेकपा एमालेले  छ जनालाई केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट हटाएको छ । पार्टीले केन्द्रीय सदस्य केशव स्थापित र प्रमोदनारायण यादव हटाएको छ । पार्टी केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेकाले उनीहरूलाई केन्द्रीय कमिटीको सदस्यबाट बिदा दिइएको अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ ।
यस्तै स्वास्थ्य लगायतका कारणले चार केन्द्रीय सदस्यलाई हाललाई कामबाट बिदा दिने निर्णय गरिएको छ । यसरी बिदा पाउनेमा केन्द्रीय सदस्यद्वय अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) रहेका छन ।
यस्तै अपानीमा लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही केन्द्रीय सदस्यको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने भनिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार ०८:१८