१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

धितोपत्र बोर्डबाट थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स, नयाँ ब्रोकरको संख्या ३७ पुग्यो

१ भदाै, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ५ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ। बिहीबार बसेको बोर्ड संचालक समितिले पाँच वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने भएको हो । ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुमा सजिलो ब्रोकर, रोडसाे सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज कम्पनी छन्।

बोर्डका अनुसार सजिलो ब्रोकर, रोडसो र बेनी सेक्यूरिटिजले सिमित कार्य गर्ने र हिमालयन र सनी सेक्यूरिटिजले पूर्ण कार्य गर्ने लाइसेन्स पाएका हुन् । धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ ।

याेसँगै धितोपत्र बोर्डबाट नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३७ पुगेको छ। यसअघि ३२ वटा नयाँ कम्पनीले धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्स पाइसकेका छन्। यसअघि सेबोनले ४३ कम्पनीहरुलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको थियो । अब ६ कम्पनीहरुले लाइसेन्स पाउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार १०:०८