२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

एमाले नेता खिमलाल भट्टराईसँग रामकुमारी झाँक्रीकाे भेटवार्ता

३२ साउन, काठमाडाैं । नेकपा एमालेका नेता खिमलाल भट्टराई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच भेटवार्ता भएको छ। भट्टराई र झाँक्रीबीच बिहिबार भेटवार्ता भएको हो।

नेकपा एसकी सचिव झाँक्रीसँगको भेटबारे जानकारी गराउँदै नेता भट्टराईले फेसबुकमा लेख्छन्, ‘विद्यार्थी आन्दोलनको एउटा विशेषता छ, जो जहाँ भए पनि भेटेपछि अपनत्व र हार्दिकताको अनुभूति हुन्छ।’

एमाले विभाजनको सायमा माधव नेपाललाई बलियो साथ दिएकी झाँक्री पछिल्लो समय पार्टीमा सक्रिय छैनन्। अहिले उनि एमाले फर्किन लागेको पनि चर्चा छ।

झाँक्रीले केन्द्रीय सचिव जस्तो जिम्मेवारी पाउँदासमेत पार्टी निर्माणको काममा नलागेको भन्दै अध्यक्ष नेपालसहित नेतृत्वपंक्ति पनि सन्तुष्ट छैन। पछिल्लो समय नेकपा एसका नेताहरु एमालेमा फर्किने क्रम बढिरहेको बेलामा नेता भट्टराई र झाँक्रीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ ।

प्रकाशित मिति : August 17, 2023 at 6:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/