८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

बढ्यो गाडीभाडा, अब कहाँ जान कति तिर्नुपर्छ ? (सूचीसहित)

३१ साउन, काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले मंगलबार राती पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।

तोकिएको नयाँ भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो । नयाँ भाडादर आज साउन ३१ गतेदेखि नै लागू हुनेछ । यो भाडा दुई वा सो भन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागु हुने विभागले जनाएकाे छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १४:०७