२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

अप्पर तामाकाेशीको नोक्सानी बढ्यो, विद्युत बिक्री आम्दानी ८ अर्ब १२ करोड

३१ साउन, काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ७५ करोड रुपैयाँ घाटा व्यवहोरेको छ।  अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ३१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

कम्पनीले विद्युत बिक्रीबाट ८ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२१ प्रतिशत बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ अर्ब ११ करोड रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।

चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ  रहेको कम्पनीको अन्य रिटेन्ड अर्निङ्ग ६ अर्ब ९१ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३५ रुपैयाँ ४९ पैसा ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ३४ रुपैयाँ ६७ पैसा रहेको छ।

प्रकाशित मिति : August 16, 2023 at 10:53 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/