२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

दुई पटक धोका पाइसकेका हितबहादुर तामाङ भन्छनः मन्त्री फेरबदलको जानकारी छैन

२८ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङले मन्त्री फेरबदलको विषयमा कुनै निर्णय नभएको र त्यस्तो जानकारी आफूले नपाएको बताएका छन । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका तामाङले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘नेकपा माओवादी केन्द्रको जिम्मामा रहेको संघीय सरकारको कुनै पनि मन्त्री हेरफेर गर्ने सम्बन्धि निर्णय भएको जानकारी प्राप्त भएको छैन ।’

यसअघि पनि दुई पटकसम्म धोका पाएका तामाङले सामाजिक सञ्जाल मार्फत आफूलाई बधाई दिनेहरूलाई निर्णय नै नभएको जानकारी दिएका हुन । तामाङले नेकपा माओवादी केन्द्र भित्रको बढ्दो ध्रवीकरणका कारण मन्त्री बन्ने कुरामा यसअघि दुई पटक धोका पाइसकेका छन । उनी अहिले वर्षामान पुनः निकट रहेका छन । पुनः निकट भएकै कारण तामाङको मन्त्री पद सुनिश्चित भएको भए पनि सपथ नखाँदासम्म तामाङले नै विश्वास गर्ने अवस्था नरहेको उनी निकटकाहरूले बताएका छन ।

माओवादी केन्द्रले उर्जामन्त्री शक्ति बस्नेत, संस्कृति पर्यटन तथा नाथरिक उड्डयनमन्त्री सुदन किराँती र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको समाचारहरू बाहिरिएका छन । बस्नेतले अहिलेसम्म सचिवाल समेत बनाउन नसकेको, किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीजस्तो शक्तिशाली कर्मचारीलाई स्पष्टिकरण सोधेको र मोदी आफैँले ६ महिनाका लागि मात्रै भए पनि मन्त्री बनाइदिनु भनेर भनेकका कारण तीनै जना परिवर्तनको तयारी केहीअघि देखि नै गरिएको माओवादी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : August 13, 2023 at 5:12 pm