८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

हिरासत मुक्त भएलगत्तै कांग्रेस सांसद शर्माले भनेः राजनेता केपी शर्मा ओली पिता सरहको मान्छे

२६ साउन, काठमाडौँ । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पिता सरहको मन्छे भएको बताएका छन । अदालतको आदेशले शुक्बार हिरासतमुक्त भएका उनले हिरासतमुक्त भएपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले ओलीको सहयोगको तारिफ गर्दै ओली आफ्नो पिता सरहको नेता भएको बताए ।

शर्मालाई  काठमाडौं जिल्ला अदालतले थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार २१:१८