१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

मल्टीपर्पस फाइनान्सकाे हकप्रद निष्काशन मिति तय, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

२५ साउन, काठमाडाैं । मल्टीपर्पस फाइनान्स कम्पनीकाे हकप्रद सेयर निष्काशन मिति तय भएकाे छ । कम्पनीले भदौ १० गतेबाट  सेयरधनीहरुलाई हकप्रद सेयर निष्काशन गर्न लागेकाे हाे ।

कम्पनीले चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १ः०.३५ अनुपातमा १०० अंकित दरमा कुल १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेकाे हाे ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत साउन १२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत साउन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीकाे हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीकाे उक्त हकप्रद सेयरमा लगानीकर्ताले भदौ ३१ गतेसम्म  आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयरमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। साथै, लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १०:०४