सेयर बजारमा ४१.०६ अंकको वृद्धि, एक अर्ब ८८ करोडकाे काराेबार
२४ साउन, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा उच्च अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४१.०६ अंकले बढेर २०६०.९१ बिन्दुमा बन्द भएको छ । आज एक अर्ब ८८ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।
आज चार कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन हिमालयन लघुवित्त वित्तीय संस्था, सुपरमादी हाइड्रोपावर लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावर लिमिटेडकाे सेयरमूल्यमा उच्च वृद्धि भएको हाे । आज सेञ्चुरी डिभेञ्चर २०८८ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन आईएमइ लाइफ इन्स्यारेन्स कम्पनीकाे सर्वाधिक किनबेच भएकाे छ ।
प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १५:१३












