३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

९०.१० प्रतिशत बढ्याे नेपाल हाइड्रो डेभलपरको नाफा, प्रतिसेयर आम्दानी कति ?

२४ साउन, काठमाडाैं । नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। समीक्षा अवधिमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ९०.१० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

याे अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ४१.४३ प्रतिशतले बढेर ८ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत वर्षकाे यसै अवधिमा कम्पनीले ५ करोड ८४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ६.७१ प्रतिशतले बढेर १० करोड ५ लाख रुपैयाँ भएको छ।  चुक्तापुँजी ३३ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ४ करोड २७ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११.४१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षकाे यही अवधिमा कम्पनीको ईपीएस ६.३० रुपैयाँ थियो। पीई रेसियो ३३.०६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.७२ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : 12:10