सर्वसाधारणका लागि सन नेपाल लाइफको आईपीओ निष्काशन मिति तय, प्रतिकित्ता कति तिर्नुपर्छ ?
२४ साउन, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन ३२ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।
यसैगरी कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि छिटोमा भदौ ४ गते र ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 09:34









