८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित

२२ साउन, काठमाडाैं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक भोलि (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हाे। सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरेर भोलिसम्मलाई बैठक स्थगित भएको जानकारी दिएको हो।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर अपराह्न ४ बजेका लागि सारिएको थियो। तर सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १७:३३