२८ असार २०८३, आइतबार | Mon Jul 13 2026

मधेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई एमालेको ज्ञापन पत्र

२३ साउन, काठमाडाैँ । नेकपा एमालेले मधेस प्रदेशका ८ जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएको छ । प्रकृतिक प्रकोप सुख्खा क्षेत्र घोषणा, लम्पी स्किन रोगको उपचार, वाढीको जोखिम परेका नागरिकको जीवन रक्षा लगाएत माग राख्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गरेको छ ।

ध्यानाकर्षण पत्रमा मधेश प्रदेशमा खडेरि परेकाले सुख्खा क्षेत्र घोषणा गर्न, लम्पी स्किन रोगलाई पशुमहामारी घोषणा गरी क्षतीपुर्ती र उपचारको व्यवस्था गर्न, वाढीको जोखिम भएकाले रोकथाम र राहतको व्यवस्थापन मिलाउन, आँखा पाक्ने रोग नियन्त्रण गर्न, उखु किसानले नियमित रुपमा पाउदै आएको अनुदान रकम तत्काल उपलव्ध गराउन, यो वर्ष चामल लगायत खाद्यान्नको अभाव हुने देखिएकाले पूर्वतयारी गर्न, किसानले उत्पादन गरेका वस्तु विक्रीको व्यवस्था मिलाउन, पानी नपर्दा खानेपानीको श्रोत सुकेकाले व्यवस्था गर्न, रासायनिक मल र विउ विजनको व्यवस्था गर्न आदि माग गरिएको छ ।

सर्लाहीमा अध्यक्ष राजनारायण साह, धनुषामा उपाध्याक्ष भोला यादव, सिरहामा जिल्ला ईन्चार्ज सुमन राज प्याकुरेल एवं अध्यक्ष चन्देश्वर मण्डल, सप्तरीमा जिल्ला अध्यक्ष ताराकान्त चौधरी, रौतहटमा जिल्ला संयोजक संचिदानन्द साह, महोत्तरी अध्यक्ष कालिचरण साह, वारामा सचिव अध्यानन्द पाण्डे र पर्सामा अध्यक्ष विश्वम्भर शर्माले ज्ञापन पत्र वुझाउनु भएको हो ।

प्रकाशित मिति : August 8, 2023 at 5:49 pm