२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

राष्ट्र बैंकले गर्यो तीन वाणिज्य बैंकलाई कारबाही, कुन बैंकलाई कति जरिवाना ?

२२ साउन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ। नेपाल राष्ट्र बैंकले नियम मिचेकोमा तीन वाणिज्य बैंकहरुलाई कारबाही गरेको हाे। गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो।

प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा/निक्षेप अनुपात कायम नगरेकोमा केन्द्रीय बैंकले कारबाही गरेको हो।

राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इ.प्रा.नं.१५/०७९को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क)बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई  सचेत गराएको राष्ट्र बैंककाे सुपरीवेक्षण विभागले जारी गरेकाे कारवाही विवरणमा उल्लेख छ ।  जनाएकाे छ ।

राष्ट्र बैंकले कुमारीलाई प्रथम पटक र हिमालयनलाई दोस्रो पटक कर्जा÷स्रोत परिचालन अनुपात कायम नगरको भन्दै जरिवाना गरेको जनाएको छ । राष्ट्र बैंकले कुमारीलाई ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ २२ पैसा र हिमालयन बैंकलाई १ करोड ३९ लालख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवारन गरेकाे हाे ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १४:५६