नबिल बैंकको ४ लाख ८२ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?
२२ साउन, काठमाडाैं । नबिल बैंकले केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक समूहको ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्रीमा राखेकाे हो। बिक्रीमा राखेकाे उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको मूल्य बिक्रेता र खरिदकर्ताको आपसी सहमतिमा कायम हुने बैंकले जनाएको छ।
बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेकाे थियाे । संस्थापक सेयरधनीहरूबाट बैंकले ताेकेकाे समय ( ३५ दिनभित्र) उक्त सेयर खरिदका लागि कुनै पनि खरिद आवेदन नपरेकाले साे सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको बैंकले जनाएकाे छ ।
इच्छुक लगानीकर्ताहरूले ७ दिनभित्र बैंकको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १३:४९