सन नेपाल लाइफको आईपीओ बाँडफाँडः कसले कति कित्ता पाए ? यसरी हेर्नुहोस् नतिजा
२२ साउन, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आईपीओ बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले साउन १ गतेदेखि साउन १५ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्काशन गरेकाे आईपीओ आज साउन २२ गते बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिएको हाे ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीकाे आईपीओमा २७ लाख ९०५ जना नेपालीहरुले आवेदन दिएको थियो । त्यसमध्ये ४ जनाको आवेदन रद्ध भएकाे छ भने २७ हजार ९०१ आवेदकको योग्य भएकाे छ । मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा १० कित्तादेखि ४० कित्तासम्म आवेदन दिने ९ हजार ७४ जनाले मागबमोजिम सेयर पाएका छन्। यी आवेदकलाई १ लाख ९० हजार ६४० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।
यसैगरी ५० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने १८ हजार ८२७ आवेदकले ४० कित्ताका दरले सेयर पाएका छन्। यी आवेदकहरुलाई ७ लाख ५३ हजार ८० कित्ता बाँडफाँड गरिएको छ। त्यस्तै ५० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने तिनै आवेदकमध्ये १ हजार ६२८ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यी आवेदकहरुलाई १६ हजार २८० कित्ता बाँडफाँड गरिएको छ। यो आईपीओको नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा विक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट :https://www.nsmbl.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login र सिडीएसको वेबसाइटबाट :https://iporesult.cdsc.com.np/मा हेर्न सकिनेछ।
प्रकाशित मिति : 13:02









