३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

अप्पर लोहोरे खोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

२२ साउन, काठमाडाैं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको आईपीओ भर्ने आज साउन २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत साउन १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिनेछ।

कम्पनीले जारीपुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १९ लाख ८८ हजार २३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।

कम्पनीले २ प्रतिशतले हुन आउने ३९ हजार ७६५ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सीडीएससीका अनुसार आइतबार साँझसम्म कम्पनीकाे आईपीओमा १० लाख ५० हजार १९६ आवेदकबाट कुल १ करोड १९ लाख ६५ हजार १२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ६.१२ गुणाले बढी हो।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:38