१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

मन्त्रीपरीषदकाे बैठकले गर्याे यस्ताे निर्णय

११ कात्तिक, काठमाडौं । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले नेपाल सरकार र मलेसिया सरकारबीच एमओयुमा हस्ताक्षर गर्न  श्रममन्त्री गोकर्ण विष्टलाई अख्तियारी प्रदान गरेको छ । बैठकमा गोरखापत्र संस्थानका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गरेको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।

यस्तै बैठकले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गरिने निर्णय गरेको छ । अब सबै सरकारी निकायमा यही निर्देशिकाअनुसार विद्युतीय पत्राचार हुने सञ्चारमन्त्री बाँस्कोटाले बताए । स्वास्थ्य सचिव पदपुर्तिबारे बैठकले केही निर्णय नगरेको पनि बाँस्कोटाले जानकारी दिए ।

प्रकाशित मिति : 18:15