१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

दुई बैंकको लाभांश दिने क्षमता ऋणात्मक, अन्य कुनको लाभांश क्षमता कति ?

२१ साउन, काठमाडाैं । हाल सञ्चालनमा रहेकाे २० वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७९/८०  को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक उक्त वित्तीय विवरण अनुसार बैंकहरुको लाभांश दिने क्षमता घट्दै गएकाे छ । बैंकहरूले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार सबैभन्दा बढी लाभांश दिने क्षमता एभरेष्ट बैंककाे रहेकाे छ । एभरेष्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ४०.५ प्रतिशत लाभांश बाँड्न सक्ने देखिन्छ ।

त्यस्तै, बढी लाभांश दिने क्षमता राख्ने दोस्रो बैंकमा एनआइसी एशिया बैंक रहेकाे छ । एनआइसी एशियाले सेयरधनीहरुलाई ३१.९९ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखिन्छ । त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुका लागि २८.९९ प्रतिशत लाभांश बाँड्नसक्ने देखिन्छ।

गत वर्षको नाफाबाट माछापुच्छ्रे बैंककाे १५.२९ प्रतिशत, नविल बैंककाे १४.६४ प्रतिशत, कृषि विकास बैंकको १९.८९ प्रतिशत, सानिमा बैंकको १७.७३ प्रतिशत र नेपाल एसबिआई बैंकको १३.९३ प्रतिशत लाभांश बाँड्नसक्ने क्षमता देखिन्छ।

राष्ट्रिय वाणिज्य बैंकको लाभांश दिन सक्ने क्षमता ११.५९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ८.९४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ८.२७ प्रतिशत र एनएमबि बैंकको ८.२८ प्रतिशत लाभांश क्षमता रहेको तथ्याङ्कले देखाएकाे छ । यस्तै, सिटिजन्स बैंकको ७.३ प्रतिशत, नेपाल बैंकको ६.६२ प्रतिशत, सिद्धार्थ बैंकको ५.६५ प्रतिशत, प्राइम बैंकको १.०६ प्रतिशत, प्रभु बैंकको ०.६९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.४६ प्रतिशत लाभांश क्षमता रहेको छ । हिमालयन र कुमारी बैंकको लाभांश दिने क्षमता भने ऋणात्मक छ । हिमालयन बैंकको ३.२८ प्रतिशत र कुमारी बैंकको ३.२३ प्रतिशत लाभांश क्षमता ऋणात्मक रहेकाे छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १५:२२