प्राइम कमर्सियल बैंकको नाफा १८.८० प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?
२१ साउन, काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.०७ प्रतिशतले कम हाे । अघिल्लो वर्ष बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
याे अवधिमा बैंकको वितरणयोग्य मुनाफा २० करोड ४८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंककाे खुद ब्याज आम्दानी १७.६६ प्रतिशतले बढेर ७ अर्ब २७ करोड ९७ लाख ४३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ६ अर्ब १८ करोड ६९ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्मको अवधिमा बैंककाे संचालन नाफा १३.७८ प्रतिशतले घटेर ३ अर्ब ४० करोड ६७ लाख ३९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ३ अर्ब ९५ करोड १४ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा बैंककाे चुक्तापूँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ रहेकाे छ भने जगेडा कोषमा ८ अर्ब ८० करोड ७७ लाख १५ हजार रुपैयाँ रहेकाे छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ११.६६ रुपैयाँ कायम भएको छ। पीई रेसियो १६.७२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६.४५ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १३:११