३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

कतिमा भयो नेपाल रिपब्लिक र आइएमई लाइफको पहिलो कारोबार ?

२१ साउन, काठमाडाैं । नेपाल रिपब्लिक मिडिया र आइएमई लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएकाे छ । आइतबारबाट धितोपत्र दोस्रो बजारमा  स्पेशल प्रि ओपन सेसनमा नेपाल रिपब्लिक मिडिया र आइएमई लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको हाे ।

आज आइएमई लाइफको सेयर प्रतिकित्ता ५२९ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको छ भने नेपाल रिपब्लिक मिडियाको प्रतिकित्ता २५० रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको छ।

यी दुई कम्पनीको सेयर साउन १८ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले पहिलो कारोबारका लागि आइएमई लाइफलाई न्युनतम १७६ रुपैयाँ ५३ पैसा देखि ५२९ रुपैयाँ ५९ पैसासम्म र नेपाल रिपब्लिक मिडियालाई न्युनतम ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसासम्मको ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही ओपनिङ्ग रेञ्जका आधारमा यस दिन यी कम्पनीहरुको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : 11:35