भर्ने हाेइन त ? सर्वसाधारणले १ लाख कित्तासम्म किन्न पाउने आईपीओ निष्काशन मिति तय
१९ साउन, काठमाडाैं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन गर्न लागेको हो। जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर पनि थपिएको छ।
सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १० गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरु तथा सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ।
प्रकाशित मिति : 10:19









