२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

रविजी ! महिलाको लागि एउटा छुट्टै पृथ्वी कहिले बनाउँदै हुनुहुन्छ ?

-लक्ष्मण सिटाैला

भन्न त भन्छौँ हामी
स्त्री पुरुष बराबर, तर
हामीले नै स्त्रीलाई महिला बानाइदियौ
र अलग्याइदियौ ह्रदयको न्यानोबाट

अलग्याइदियौँ आफैबाट कि
उनीहरू भनेका अछुतो जात हुन
भिडमा छोइएला भनि तर्किन्छौ
एकान्तमा एक्लो भेटे
स्त्री तर्फनै फर्किन्छौ र गर्जिन्छौ
“कि म भनेको फलानो पुरुष हुँ”!

दुस्मन त पुरुषहरु नै रेछन है स्त्रीहरुका ?
कालान्तरमा पुरुषले नै
महिला र पुरुषबीच
विभाजन ल्याउने काम गरे

आज बस अलग पार्यौ
भोलि विद्यालय अलग पार्लाउ
पर्सि हिड्ने बाटोघाटाे पुल नै अलग पार्लाउ
निकोर्सी बस्ने घर आगन अलग पार्लाउ
पर्खाल लगाउला दुई खुसीबीच
बार लगाउला दुई आँशुबीच
छेको हाल्लाउ दुई मुटुबीच
कानेकोर्सी पानी पँधेरो मठ मन्दिर अलग पार्लाउ
पछि रहँदा बस्दा –
भात भान्सा भोज भतेर चाडपर्व अलग होला
मलाई एउटा कुरा भन्नुस्त रविजी !
महिलाको लागि
एउटा छुट्टै पृथ्वी कहिले बनाउँदै हुनुहुन्छ ?

२०८० साउन १९ गते

प्रकाशित मिति : August 4, 2023 at 10:03 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/