सिद्धार्थ बैंकको नाफा ३ अर्ब १९ करोड, प्रतिसेयर आम्दानी कति ?
१९ साउन, काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले प्रकाशन गरेकाे विवरणअनुसार समिक्षा अवधिसम्म बैंकले ३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
याे अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ भने बैंकको प्रतिसेयर वितरण योग्य आम्दानी ५ रुपैयाँ ६५ पैसा रहेको छ। समिक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ९.८३ प्रतिशतले बढेर ४ अर्ब ६८ करोड रुपैयाँ पुगेकाे छ। अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा ४ अर्ब २६ करोड रुपैयाँ थियो।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेर ८ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ। चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १६.७६ प्रतिशत बढेको छ भने कर्जा लगानी ३.०६ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.०१ प्रतिशत पुगेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५३ पैसा घटेर २२ रुपैयाँ ६४ पैसामा सीमित भएको छ। पीई रेसियो ११.१७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ०९:५३