२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

सिनर्जी पावरको हकप्रद निष्कासन मिति सर्यो, अब कहिलेबाट खुल्छ ?

१८ साउन, काठमाडाैं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडकाे हकप्रद सेयर निष्काशन गर्ने  मिति  परिवर्तन भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै भदौ ३ गतेबाट हकप्रद सेयर बिक्री खुला गरिने जानकारी गराएको हो। यसअघि कम्पनीले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो । अब कम्पनीकाे हकप्रद सेयरमा भदौ ३ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनी गत साउन १२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत साउन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन्। कम्पनीकाे हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

सेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन खरिद आवेदन दिन सकिनेछ। हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : August 3, 2023 at 10:08 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/