३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

चामलको मूल्य नबढाउन व्यापारीलाई निर्देशन, अटेर गरे कारबाही गर्ने चेतावनी

१७ साउन, काठमाडाैं । चामलको मूल्य बढाउने व्यापारीहरूलाई कारबाही हुने भएको छ । भारतले बासमती बाहेकका चामल निर्यात नगर्ने निर्णय गरेसँगै नेपाली बजारमा चामलकाे मूल्य मनपरी बढाइएकाे थियाे । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक विज्ञप्ति जारी गर्दै व्यापारीलाई चामलको मूल्य नबढाउन निर्देशन दिएको हाे ।

भारतले बासमतीबाहेकको चामलको निर्यातमा प्रतिबन्ध लगाउनुअगावै नेपालमा रहेको चामलको भण्डारणको सामग्री बेचबिखन गर्न बजार पठाउँदा साबिककै मूल्यमा बिक्री गर्न विभागले निर्देशन दिएको छ।

साथै, विभागले प्रचलित ऐन–कानुनको बर्खिलाप हुने अवञ्छित तबरले मूल्यवृद्धि भएको पाइएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : August 2, 2023 at 2:22 pm