९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नबिल बैंकको नबिल फोनलोन सेवा अवरूद्ध हुने

१७ साउन, काठमाडौं । नबिल बैंकको नबिल फोनलोन सेवा अवरूद्ध हुने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सिस्टम अपग्रेट प्रकृयाका कारण बैंकको फोनलोन सेवा अवरूद्ध हुने जनाएको छ । बैंकका अनुसा उक्त सेवा आज साउन १७ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अवरूद्ध हुने छ ।

साथै, फोनलोन बाहेकका अन्य सम्पूर्ण सेवाहरू यथावत रूपमा संचालन हुने बैंकले सूचनामा उल्लेख गरेको छ । फोनलोन सेवा अवरूद्धबाट ग्राहकमा पर्न गएको असुविधाप्रति बैंकले क्षमा मागेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार ११:३४