२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

प्रेस काउन्सिलको पत्रप्रति पत्रकार महासङ्घ एसोशियट समितिको आपत्ति, दोषीलाई कारबाही गर्न माग

१७ साउन, काठमाडाैं । नेपाल पत्रकार महासङ्घको ‘एसोशियट प्रदेश समिति’ ले प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा अभिव्यक्तिका विषयमा पत्रकारलाई सोधेको स्पष्टिकरणप्रति आपत्ति जनाएको छ । एसोशियट प्रदेश समितिले सामाजिक सञ्जालमा अभिव्यक्तिका विषयमा पत्रकारलाई स्पष्टिकरण सोधिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले पत्रकार माधवप्रसाद तिवारीलाई सामाजिक सञ्जालमा काउन्सिल र सूचना तथा प्रसारण विभागका कामका सन्दर्भमा आएका गुनासोबारे प्राप्त ‘स्क्रिनसर्ट’ शेयर गरेको विषयमा यही साउन ९ गते पत्र पठाइ तीन दिनभित्र स्पष्टिकरण दिन भनेको थियो । महासङ्घको प्रदेश समितिका महासचिव रोयल आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा प्राप्त गुनासाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्नुको साटो स्पष्टीकरण सोधिनु गलत भएको जनाइएको छ ।

महासङ्घको एसोशियट संस्था नेपाल पत्रकारिता विकास समाजका अध्यक्षसमेत रहेका दैनिकी डटकमका सम्पादक तिवारीलाई सोधिएको स्पष्टिकरण फिर्ता लिन विज्ञप्तिमा माग गरिएको छ । सोही विषयमा आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) का महासचिव सुरज प्याकुरेल, राष्ट्रिय अनलाइन पत्रकार सङ्घका अध्यक्ष मुकुन्द ढुङ्गाना, पत्रकारिता विकास समाजका सचिव किरण देउजाले बेग्ला बेग्लै विज्ञप्ति जारी गरी काउन्सिललाई पत्र फिर्ता लिन माग गरेका छन् ।

प्रकाशित मिति : August 2, 2023 at 10:18 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/