७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित

१६ साउन, काठमाडाैं । प्रतिनिधि सभाको बैठक आगामी साउन २२ गते साेमबारसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले २२ गतेसम्मका लागि स्थगित भएको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक नियमित सञ्चालनका लागि सभामुख देवराज घिमिरेले आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख राजनीतिक दलका सचेतकहरुलाई आग्रह गरे पनि सहमति जुट्न सकेन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले यहि साउन ३ गते सिनामङ्गलबाट बरामद भएको सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षका मुख्य सचेतकले बैठक सञ्चालन गर्न आग्रह गरेका थिए भने विपक्षी दलका प्रमुख सचेतकले उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए । सो विषयमा सहमति नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको हाे ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १५:०२