११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

५.८४ अकंले बढ्याे सेयर बजार, १ अर्ब ८५ करोडकाे काराेबार

१५ साउन, काठमाडाैं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेकाे छ । निरन्तर पाँच दिनदेखि ओरालाे लागेकाे सेयर बजार आज साेमबार भने बढेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८४ अकंले बढेर २१०६.१८ बिन्दुमा बन्द भएको छ । आज २६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।

आज जलविद्युत् समूह आठ दशमलव ५७, लघुवित्त समूह चार दशमलव १०, र म्युचुअल फन्डका उपसूचक घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह ५६ दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ७६ अंकले बढेका छन् । बैंकिङ समूह नौ दशमलव ६८, विकास बैंक १८ दशमलव १२, वित्त २३ दशमलव २०, होटल तथा पर्यटन तीन दशमलव ७६ र लगानी समूह शून्य दशमलव १० अङ्कले बढेको छ । त्यस्तै, जीवन बीमा समूह दूइ दशमलव ४८, निर्जीवन बीमा समूह चार दशमलव ६१ र अन्य समूह शून्य दशमलव ०८ अंकले बढेको छ ।

आजको कारोबार पछि सनराइज ब्लुचिप फन्डको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव १० प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस दिन सबैभन्दा बढी शिवम् सिमेन्ट्सको कारोबार भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १५:३१