९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

मिड सोलु हाइड्रोको आईपीओ बिक्री खुला, क–कसले दिन पाउँछन् आवेदन ?

१४ साउन, काठमाडाैं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आज साउन १४ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेकाे हो।

कम्पनीले आफ्नो जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँको दरले ७ लाख ४८ हजार ४०० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेकाे हाे । जसमध्ये पनि ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने १ लाख ८७ हजार १०० कित्ता सेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरिने तय गरिएको छ।

योसँगै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ७४ हजार ८४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि पनि पहिलो चरणमा निष्काशन गर्न लागिएको हो।

याे आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन २८ गते हुनेछ भने आवेदन कम परेमा कम्पनीले ढिलोमा भदौ ११ गते सम्म खुलाउन सक्नेछ । ग्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन २८ गतेभित्र नैआवेदन दिनु पर्नेछ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै बिक्री प्रबन्धकको वेभसाइटमा गई रितपूर्वक विवरण भरी पनि आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : July 30, 2023 at 12:33 pm