६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

१४ साउन, काठमाडाैं । साताको पहिलो काराेबारकाे दिन आइतबार सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ३५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार ११:०२