२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?

१४ साउन, काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकाे आईपीओमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असार ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँका दरले ११ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। उनीहरुले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार कम्पनीकाे आईपीओमा अहिलेसम्म २६ हजार १८० आवेदकबाट कुल १८ लाख ३० हजार ८९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.६३ गुणाले बढी हो।

प्रकाशित मिति : July 30, 2023 at 10:42 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/