२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

शैक्षिक परामर्श व्यवसायमा धरौटी राख्ने व्यवस्था नल्याउन सरकारलाई एक्यानको चेतावनी

१३ साउन, काठमाडाैँ । सक्रिय शैक्षिक परामर्श संघ नेपाल (एक्यान)ले शैक्षिक परामर्श व्यवसायमा धरौटी राख्ने व्यवस्था नल्याउन सरकारलाई चेतावनी दिएको छ । विज्ञप्ति मार्फत एक्यानले सरकारले संघीय शिक्षा ऐन मार्फत शैक्षिक परामर्श व्यवशायमा धरौटी राख्ने व्यवस्था नराख्न चेतावनी दिएको छ ।

एक्यानका अध्यक्ष किशोर तिवारीले विज्ञप्ति मार्फत भनेका छन, ‘पछिल्लो समय सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गर्दै गर्दा त्यसमा समावेश शैक्षिक परामर्श व्यवशायमा धरौटी राख्ने मस्यौदाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । शैक्षिक परामर्श व्यवशाय आफैंमा सेवामूलक व्यवशाय रहेको र उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुले ती शिक्षण संस्थामा तिर्नुपर्ने सम्पूर्ण शुल्क सम्बन्धित कलेजकै खातामा जम्मा गर्ने प्रक्रिया जगजाहेर नै छ । तर विद्यार्थीको सम्पूर्ण लागत रकम नै परामर्शदाताहरुले आफैं बुझ्ने गरेको जसरी परामर्श व्यवशायलाई नै धराशायी बनाउने ढंगले धरौटीमा जानुपर्ने जुन प्रावधान प्रस्ताव गरिएको छ, त्यसप्रति एक्यान गम्भीर असहमति जाहेर गर्दछ ।’

विज्ञप्ति तल पढ्न सक्नुहुन्छ

प्रकाशित मिति : July 29, 2023 at 6:13 pm