७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

नेपाली सेनाको निमित्त प्रवक्तामा अशोक गुरुङ

१२ साउन, काठमाडाैं । नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हालेका छन् । हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश गएकाले केही समयका लागि महासेनानी गुरुङले निमित्त प्रवक्ताका रुपमा आजदेखि कार्यभार सम्हालेका हुन् ।

उपत्यका पृतनामा स्टाफका रुपमा कार्यरत महासेनानी गुरुङसँग यसअघि सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेको अनुभव छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १७:२१