२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

विदेश भ्रमणमा जानेहरुका लागि डलर सटही सुविधाको सीमा बढ्यो, कति पाइन्छ अब ?

१२ साउन, काठमाडाैं । विदेश भ्रमणमा जानेहरुलाई डलर सटही सुविधाको सीमा बढाइएको छ। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले‍ एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै डलर सटही सुविधाको सीमा बढाएको हो।

अब भारतबाहेक विदेश भ्रमणमा जाँदा राहदानीबापत पाइने डलर सटहीको सुविधा बढाएर २ हजार ५०० अमेरिकी डलर पुर्याइएको राष्ट्र बैंकले जनाएकाे छ । यसअघि भारतबाहेक अन्य देशको भ्रमणमा १५ सय अमेरिकी डलर सटही सुविधा रहेकोमा अब भने २५ सय डलर सटही सुविधा पाइने भएको हो । राष्ट्र बैंकले यस्तो सुविधा वर्षमा २ पटक दिन सकिने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले जारी गरेकाे निर्देशनमा भनिएकाे छ, ‘भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी वापत प्रति पटक अमेरिकी डलर २,५००वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिनेछ । तर, यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिनेछ ।’

प्रकाशित मिति : July 28, 2023 at 2:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/