५० लाखसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार
१२ साउन, काठमाडाैं । ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम भएकाे छ । शुक्रबार सर्कुलर जारी गर्दै नेपाल राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार कायम गरेको हाे।
यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र सोभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम भारको व्यवस्था गरेको थियो। नयाँ निर्देशनमार्फत राष्ट्र बैंकले ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा भने १५० प्रतिशतको जोखिम भारको व्यवस्था गरेको छ।
प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १४:१२